Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीबजारमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रीले गठन गरे कार्यदल

अर्थ संसार

शुक्रबार, ०३ असोज २०८२, १३ : २२ मा प्रकाशित

पूँजीबजारमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रीले गठन गरे कार्यदल

अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारका समस्या पहिचान गरी सुधारका सुझाव दिने उद्देश्यले चार सदस्यीय कार्यदल गठन गरेका छन्।

पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरिएको हो। 

कार्यदलले ५ दिनभित्र कार्ययोजना प्रस्तुत गर्ने छ।  धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदल ४ सदस्यीय रहेको छ । कार्यदलको सदस्यको रुपमा नेपाल राष्ट्रबैंकका निर्देशक शरण अधिकारी,नेपाल स्टक एक्सचेञ्जका कामु कार्यकारी निर्देशक निरञ्जन फूयाँल सदस्यको रुपमा रहेका छन् ।  कार्यदलको सदस्य सचिवमा चाहिँ अर्थमन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् । 

कार्यदलले प्रस्तुत गर्ने योजनामा बजार नियमन,लगानीकर्ता संरक्षण, प्रविधि सुधार तथा वित्तीय जानकारीको पारदर्शिता सुनिश्चित गर्ने उपायहरू समेटिनेछन्। यो पहलले पूँजी बजारको दीगो विकास र आम लगानीकर्ताको हितमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

 

 

 

 

 

68cd090a86883.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको