आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी छलफलका क्रममा अर्थमन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच बैठक सम्पन्न भएको छ।
छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालमा विशिष्ट सेवा विस्तार गर्न डाक्टर, नर्सलगायत २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवालाई छिटो, गुणस्तरीय र प्रभावकारी बनाउन दक्ष जनशक्ति अनिवार्य रहेको बताए।
जनशक्ति व्यवस्थापनबारे थप परामर्श गरी आवश्यक निर्णय लिने जानकारी उनले दिए। बैठकमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई दिइने निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा निर्माण गरिन लागेको वीर अस्पतालको डिपिआर, जलन उपचार लगायतका विषयमा पनि छलफल भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस