Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालय अन्तर्गतका कर्मचारीले घुस मागे सिधै अर्थमन्त्रीलाई भन्न सकिने

अर्थ संसार

सोमबार, ०६ असोज २०८२, १७ : १५ मा प्रकाशित

अर्थ मन्त्रालय अन्तर्गतका कर्मचारीले घुस मागे सिधै अर्थमन्त्रीलाई भन्न सकिने

अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सकिने भएको छ । त्यसका लागि मन्त्रालयले उपसचिव र शाखा अधिकृतलाई सम्पर्क गर्न सकिने व्यबस्था गरेको छ ।

मन्त्रालयले गुनासो व्यवस्थापन सम्बन्धी जानकारी लिनका लागि यस्तो ब्यबस्था गरेको जनाएको छ ।

‘अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा ईमेलः र हटलाइन (टोलफ्री) नम्वर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको