Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरी र सशस्त्रलाई सवारी किन्न ६८ करोड ३५ लाख बजेट स्वीकृत

अर्थ संसार

सोमबार, १७ कार्तिक २०८२, १५ : १७ मा प्रकाशित

प्रहरी र सशस्त्रलाई सवारी किन्न ६८ करोड ३५ लाख बजेट स्वीकृत

अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि सवारीसाधन खरिद गर्न ६८ करोड ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ। यसका लागि मन्त्रालयले स्रोत सहमति पनि प्रदान गरेको हो। नेपाल प्रहरीका लागि १०६ सवारी किन्ने उद्देश्यले ४५ करोड ३० लाख थप बजेट प्रदान गरिएको छ।

यस रकमबाट प्रहरीले १०० थान पिकअप र ६ थान कैदी सवारी खरिद गर्नेछ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाललाई ५० वटा सवारी किन्ने उद्देश्यले २३ करोड ५ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ। यस रकमबाट सशस्त्र प्रहरी बलले २० थान पिकअप, २० थान रिअट कन्ट्रोल भेहिकल (आरसीभी), २ थान एम्बुलेन्स, ३ थान डिजास्टर रेस्क्यू भ्यान र ५ थान १२ वाई १२ ट्रक किन्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको