Like us!
Follow us!
Connect us!
Watch us!

एकैपटक २५ सह-सचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, १० : ४८ मा प्रकाशित

एकैपटक २५ सह-सचिवको सरुवा,  हेर्नुहोस् को कहाँ ?

सरकारले उच्च प्रशासनिक तहमा व्यापक हेरफेर गर्दै एकैचोटि २५ जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका पाँच सहसचिवसहित कुल २५ जनालाई विभिन्न मन्त्रालय तथा प्रदेशका कार्यालयहरूमा खटाउने निर्णय गरेको हो।

यसै क्रममा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा कार्यरत प्रदीप परियारलाई सोही कार्यालयमा स्थायी रूपमा सरुवा गरिएको छ। अब उनी औपचारिक रूपमा त्यहीँ जिम्मेवारी सम्हाल्ने भएका छन्। अर्थ मन्त्रालयका पाँच सहसचिवलाई भने प्रदेशतर्फ पठाइएको छ। सेवन्तक पोखरेल र महेश बराललाई मधेश प्रदेश, महेश भट्टराईलाई बागमती प्रदेश, मदन दाहाललाई सुदूरपश्चिम प्रदेश र सुशीला अर्याललाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ। सरुवा भएकामध्ये महेश भट्टराई र सेवन्तक पोखरेल आगामी आर्थिक वर्षको बजेट लेखन समितिमा पनि संलग्न थिए।

सरकारको निर्णयअनुसार प्रदेशगत रूपमा सहसचिवहरूको बाँडफाँड पनि गरिएको छ । मधेश र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५–५ जना सहसचिव पठाइएको छ भने बागमती प्रदेशमा ४ जना खटाइएको छ । यस्तै, कोशी र गण्डकी प्रदेशमा २–२ जना पठाइएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक जना सहसचिव सरुवा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको