Like us!
Follow us!
Connect us!
Watch us!

सुरक्षा निकायलाई साढे दुई सय गाडी किन्न अर्थ मन्त्रालयको स्वीकृति, कुनलाई कति ?

अर्थ संसार

सोमबार, १० कार्तिक २०८२, ०९ : ३१ मा प्रकाशित

सुरक्षा निकायलाई साढे दुई सय गाडी किन्न अर्थ मन्त्रालयको स्वीकृति, कुनलाई कति ?

अर्थ मन्त्रालयले तीनवटै सुरक्षा निकायका लागि २५१ वटा सवारी साधन खरिद गर्न स्रोत सहमति प्रदान गरेको छ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुरक्षा निकाय र विभिन्न सरकारी कार्यालयका सवारी साधनमा तोडफोड तथा आगजनी भएको थियो। त्यसपछि मन्त्रालयले केही समयका लागि मातहतका कार्यालयका लागि नयाँ गाडी खरिद नगर्ने निर्णय गरेको थियो।

तर, सुरक्षा निकायहरूको आवश्यकतालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले पुनः स्रोत सहमति दिएको हो। मन्त्रालयका अनुसार स्वीकृत सवारीमध्ये ६ वटा राष्ट्रिय अनुसन्धान विभागका लागि, १७५ वटा नेपाल प्रहरीका लागि, र ७० वटा सशस्त्र प्रहरीका लागि रहने छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको