Like us!
Follow us!
Connect us!
Watch us!

पियोर इनर्जी लिमिटेडको आईपीओ: आजदेखि सर्वसाधारणका लागि खुला

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, ०७ : ५७ मा प्रकाशित

पियोर इनर्जी लिमिटेडले आज चैत २८ गते, २०८० देखि सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ।

११ लाख ९५ हजार कित्ता सेयर सर्वसाधारणका लागि

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गर्दैछ, जसको कुल रकम ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबर हुन्छ। यस सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

यसअघि कम्पनीले ८० करोड रुपैयाँको जारी पूँजीको २% अर्थात् १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको थियो। साथै, १ लाख ४४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको थियो। त्यस्तै, ७२ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ हजार ८०० कित्ता सेयर कर्मचारीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।

आवेदन अवधि

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा बैशाख २ गते सम्म खुला रहनेछ भने यदि सो अवधिमा पूरै आवेदन नपरेमा ढिलोमा बैशाख ११ गते सम्म खुला रहनेछ।

रेटिङ्ग: औषत जोखिमयुक्त कम्पनी

आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा CARE रेटिङ नेपालले कम्पनीलाई CARE NP BB+ (Issuer Rating) प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

बिक्री प्रबन्धक र आवेदन प्रक्रिया

यस आईपीओको बिक्री तथा निष्काशन प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा तथा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको