Like us!
Follow us!
Connect us!
Watch us!

कतिमा होला पियोर इनर्जीको पहिलो सेयर कारोबार ?

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, १० : ०६ मा प्रकाशित

कतिमा होला पियोर इनर्जीको पहिलो सेयर कारोबार ?

पियोर इनर्जीले सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म खुला गरेको थियो।

उक्त आईपीओको बाँडफाँट वैशाख ११ गते सम्पन्न भइसकेको छ। अब बाँडफाँटपछि कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि स्पेसल प्रिओपन सेसनमार्फत सेयर मूल्यको प्रारम्भिक दायरा निर्धारण गर्नेछ। पियोर इनर्जीको पछिल्लो वास्तविक प्रतिसेयर नेटवर्थ ९६.४५ रुपैयाँ रहेकोले, नेप्सेले पहिलो दिनको कारोबारका लागि न्यूनतम ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँ (नेटवर्थको तीन गुणा) सम्मको मूल्य रेन्ज दिने सम्भावना छ।

स्पेसल प्रिओपन सेसनमा सो रेन्जभित्र सेयरको कारोबार भएमा त्यसपछि नियमित सेसनमार्फत पनि कारोबार सुरु हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको