Like us!
Follow us!
Connect us!
Watch us!

'दुर्गा प्रसाई पक्राउ' सम्बन्धी समाचारप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण

अर्थ संसार

शुक्रबार, २९ चैत्र २०८१, ०७ : ३२ मा प्रकाशित

'दुर्गा प्रसाई पक्राउ' सम्बन्धी समाचारप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले दुर्गा प्रसाईको पक्राउ सम्बन्धी भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा केही सञ्चार माध्यमहरूमा "दुर्गा प्रसाई पक्राउ" शीर्षकमा प्रकाशित/प्रशारित समाचारहरू तथ्यहीन र भ्रामक रहेको स्पष्ट गरिएको छ।

प्रहरीका अनुसार विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका दुर्गा प्रसाई हालसम्म पक्राउ नपरेको र उनी नेपाल प्रहरीको खोजी सूचीमा नै रहेको जानकारी दिइएको छ।

“यस सन्दर्भमा तथ्यहीन तथा भ्रम फैलाउने खालका समाचार नप्रकाशन/नप्रशारण गर्न हार्दिक अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

यस प्रकारका भ्रामक समाचारले जनमानसमा अन्यौलता सिर्जना गर्नुका साथै अनुसन्धान प्रक्रियामा पनि बाधा पुर्‍याउने प्रहरीको भनाइ छ।

67f875257920a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको