Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस् - केपी ओली

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १६ : २० मा प्रकाशित

दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस् - केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तुरुन्त रिहा गर्न सरकारलाई आग्रह गरेका छन्।

बुधबार राजधानीमा स्थानीय जनप्रतिनिधिसँगको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । अपराध गरे पो थुन्ने हो ।’

 

ओलीले प्रेस तथा सभा–सम्मेलनको स्वतन्त्रता खोसिएको, सिमरा विमानस्थल जेनजीका प्रदर्शनका कारण बन्द हुन पुगेको र कर्फ्युसमेत लगाइएको घटनालाई उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई कस्तो प्रकारको चुनाव गराउन खोजिएको हो भनेर प्रश्न गरे । 

उनले थपे, ‘सरकारले स्वेच्छाचारी ढंगले गतिविधि रोक्दा निर्वाचन प्रक्रिया प्रभावित हुन्छ। नेकपा एमाले देश छोडेर भाग्ने छैन, प्रतिवाद गर्नेछ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको