Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १४ : ०९ मा प्रकाशित

दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो

दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारी गरिरहेका थिए। उनी मंसिर ७ गतेदेखि आन्दोलनको तयारीमा थिए। यस क्रममा उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका थिए।

उनको पक्राउबारे सञ्चारकर्मीले सोध्दा, प्रसाईंले आफूलाई के कारणले पक्राउ गरिएको हो भन्ने थाहा नभएको बताएका छन्। पछिल्ला गतिविधिहरूमा उनले काठमाडौंका मेयर बालेन साहको घरमा आगो लगाउने र परिवारका सदस्यहरूमाथि आक्रमण गर्ने निर्देशनात्मक अभिव्यक्ति दिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको