अधिकांश वाणिज्य बैंकहरूले वैशाखमा पनि चैत महीनाकै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्।
२० वटा वाणिज्य बैंकहरूमध्ये ३ वटा बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाउँदा १ वटाले बढाएको छ भने १६ वटा बैंकले स्थिर राखेका छन्।
चैत महिनाकै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर वैशाखमा निरन्तरता दिनेमा ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
कुनको कति ?
चैत महिनाकै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, कृषि विकास बैंकले ५.५१ प्रतिशत, हिमालयन बैंकले ५.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६.६० प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, प्रभु बैंकले ६.१० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५ प्रतिशत, सिद्धार्थ बैंकले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत दिएका थिए। अब वैशाखमा यही ब्याजदरले निरन्तरता पाउनेछ।
त्यसैगरी चैतको तुलनामा वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा एभरेष्ट बैंक रहेको छ भने घटाउनेमा कुमारी बैंक, नेपाल बैंक र सानिमा बैंक रहेका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभेष्ट बैंकले ६.६१ प्रतिशत, कुमारी बैंकले ५.९२ प्रतिशत, सानिमा बैंकले ५.९५ प्रतिशत र नेपाल बैंकले ५.१५ प्रतिशत निर्धारण गरेका छन्। चैतमा एभरेष्ट बैंकले ६ प्रतिशत, कुमारी बैंकले ६.०१ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत र नेपाल बैंकले ५.५ प्रतिशत ब्याजदर दिएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस