वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्म कर्मचारीको तलबभत्तामा ५५ अर्ब रुपैयाँ बढी खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको जेठसम्म कुल ५५ अर्ब १३ करोड १६ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो वर्ष २०८१/८२ को यही अवधिसम्मको तुलनामा बैंकहरुको खर्च ३.७६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले कर्मचारीको तलबभत्तामा ५३ अर्ब १३ करोड ३१ लाख रुपैयाँ खर्च गरेका थिए।
यो अवधिसम्म सबैभन्दा बढी खर्च गर्नेमा राष्ट्रिय वाणिज्य बैंकहरु रहेको छ भने खर्च वृद्धिका हिसाबले सिटिजन्स बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा १५ वटा बैंकको खर्च बढेको छ भने ५ वटाको घटेको छ। समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सर्वाधिक कम खर्च स्ट्यान्टर्ट चार्टर्ड बैंक रहेको छ। यो बैंकले ९६ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिससम्म बैंकले ९६ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस