नेपाल राष्ट्र बैंकले नयाँ सिरिजको ५ रुपैयाँ दरको नोट आज (वैशाख २ गते)देखि प्रचलनमा ल्याउने भएको छ। यो नयाँ नोट पुरानै साइज र रङ्गमा भए पनि नम्बर सिरिज “न४५ ०००००१” देखि “भ१८ ९९९९९९” सम्मका नोटहरू क्रमशः बजारमा आउने बैंकले जनाएको छ।
नयाँ नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। अगाडिको भागमा सगरमाथा, लालीगुराँसको छाप र “बि.सं. २०८१” उल्लेख गरिएको छ भने पछाडिको भागमा नेपाल राष्ट्र बैंकको नाम, वन्य याक, लिमी क्षेत्रको हिमाली दृश्य, साथै “Rupees Five” र “2024 AD” अंकित गरिएको छ।
यस नोटमा “नेपाल सरकारको जमानत प्राप्त…” भन्ने वाक्य पनि उल्लेख गरिएको छ, जुन सरकारी विश्वसनीयताको संकेत हो।
नेपाल राष्ट्र बैंकका अनुसार यसअघि २०७७ मंसिर १० मा जारी गरिएको ५ रुपैयाँको नोटहरू मध्ये ०००००१ देखि ५६०००० सम्मका मात्रै प्रचलनमा ल्याइएका थिए, बाँकी भने हालसम्म बजारमा आएका थिएनन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस