Like us!
Follow us!
Connect us!
Watch us!

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, १६ : ३६ मा प्रकाशित

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

अबदेखि सरकारी निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले पनि सामाजिक सुरक्षा कोषको सुविधा पाउने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ वर्ष २०८२ को पहिलो दिन राजपत्रमा सूचना प्रकाशित गरी यस्तो व्यवस्था लागू गरेको हो । मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेले सार्वजनिक निकायमा काम गर्ने करार श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने निर्णय कार्यान्वयनमा आएको जानकारी दिए ।

यो निर्णय अनुसार नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका निकाय, संस्थान, बोर्ड, निगम, प्राधिकरण र प्रतिष्ठानहरूमा कार्यरत कर्मचारीलाई योजना लागू हुनेछ । यस योजनामा सूचीकृत भई सहभागी हुन चाहने कर्मचारीको खाइपाई आएको तलबमध्ये कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानिनेछ । सो आधारमा २० प्रतिशत योगदान रोजगारदाताले र ११ प्रतिशत योगदान कर्मचारी आफैंले गर्नुपर्नेछ ।

सामाजिक सुरक्षा ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम गत चैत १५ गते मन्त्रिपरिषद्ले निर्णय गरे पनि कार्यान्वयन भने नयाँ वर्षको पहिलो दिनदेखि मात्रै भएको हो । यस निर्णयले लामो समयदेखि सामाजिक सुरक्षाबाट बाहिर रहेका सरकारी क्षेत्रका अस्थायी तथा करार कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको