Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का

अर्थ संसार

बुधबार, ०३ बैशाख २०८२, ०७ : १२ मा प्रकाशित

काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का

काठमाडौं उपत्यका र आसपासका बासिन्दाले बुधबार बिहानै भूकम्पको हल्का धक्का महसुस गरेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ४ बजेर ५ मिनेटमा गएको हो। यसको केन्द्र चीनको डिङ्जे भन्ने स्थानमा रहेको छ, जुन नेपालको उत्तरी सिमाना नजिक पर्छ। भूकम्पको परिमाण ५.० म्याग्निच्युड मापन गरिएको छ।

यता पछिल्ला केही सातायता पश्चिम नेपाल विशेषगरी जाजरकोट क्षेत्रमा पनि भूकम्पीय गतिविधि दोहोरिइरहेका छन्। मङ्गलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकास्थित पैंक क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसअघि सोमबार राति ९ः३१ बजे सोही क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

केन्द्रका अनुसार गत चैत २१ गते साँझ पनि पैंक क्षेत्रलाई केन्द्रविन्दु बनाएर क्रमशः ५.२ र ५.५ म्याग्निच्युडका दुई भूकम्प गएका थिए, जसका कारण केही घरहरूमा सामान्य क्षति भएको थियो।

त्यसैगरी चैत २० गते दार्चुला र चैत १२ गते हुम्लामा पनि क्रमशः ४.० र ४.५ म्याग्निच्युडका भूकम्प गएका थिए।

हालसम्म आज बिहानको भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको जानकारी भने प्राप्त भएको छैन। तर भूकम्पीय गतिविधि बढ्दै गएको सन्दर्भमा सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको