नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहिबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस