Like us!
Follow us!
Connect us!
Watch us!

तीनकुनेमा गोली हानेर सरकार पानीमाथिको ओभानो बन्न खोज्यो - स्वागत नेपाल

अर्थ संसार

शुक्रबार, ०५ बैशाख २०८२, १० : ५६ मा प्रकाशित

तीनकुनेमा गोली हानेर सरकार पानीमाथिको ओभानो बन्न खोज्यो - स्वागत नेपाल

राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले सरकारले चैत १५ गते तीनकुनेमा गोली हानेर पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै तीनकुनेमा गोली हान्ने सरकार आफैँले अरू निर्दोष नागरिकलाई भने मुद्दा चलाएर आफू पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका हुन्।

साथै उनले राप्रपाका महामन्त्री डा धवलशमशेर राणालाई झूठो गोलीकाण्ड मुद्दामा फसाएको र क्यान्सर रोगको नियमति चेकजाँच गर्न भारतको मुम्बई जानु पर्नेमा जान नदिएको आरोप लगाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको