Like us!
Follow us!
Connect us!
Watch us!

राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा राप्रपाको प्रदर्शन, गृह मन्त्रालयको चेतावनी

अर्थ संसार

आइतबार, ०७ बैशाख २०८२, ०७ : ४४ मा प्रकाशित

राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा राप्रपाको प्रदर्शन, गृह मन्त्रालयको चेतावनी

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज राजधानी काठमाडौंमा प्रदर्शन गर्दैछ। राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको मागसहित, तीनकुने प्रदर्शनमा पक्राउ परेका नेताहरूको रिहाइको माग पनि प्रदर्शनको मुख्य एजेन्डा रहेको छ।

गत साता बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेअनुसार आजको कार्यक्रम तय गरिएको हो।

चैत १५ मा तीनकुनेमा गरिएको विरोध प्रदर्शनका क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायत केही नेताहरू पक्राउ परेका थिए।

यसअघि नै राप्रपाले वैशाख ९ गते देशका ७७ वटै जिल्लामा विरोध सभा गर्ने कार्यक्रम घोषणा गरिसकेको छ।

उता, गृह मन्त्रालयले भने कुनै पनि अराजक वा हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। मन्त्रालयले निषेधित क्षेत्र उल्लङ्घनको चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ र कानुन उल्लङ्घन गर्ने जोकोहीमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको