Like us!
Follow us!
Connect us!
Watch us!

स्टार माइक्रो इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा

अर्थ संसार

सोमबार, ०८ बैशाख २०८२, १० : ३८ मा प्रकाशित

स्टार माइक्रो इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २९ गते जनकपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको बैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आथिृक वर्ष २०८० /८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ । 

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालकको नियुक्ति लगायतका विविध प्रस्ताव अनुमोदन गर्ने छ ।

साधारण सभामा उपस्थित हुने सेयरधनी महानुभावहरुले हलमा प्रवेशको लागि आफ्नो कुनै आधिकारिक परिचयपत्र साथमा लिई आउनु हुन अनुरोध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको