Like us!
Follow us!
Connect us!
Watch us!

कामको प्रकृति अनुसार श्रमिकको न्युनतम ज्याला तोक्नु पर्छ: श्रम मन्त्री

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, १४ : ४४ मा प्रकाशित

कामको प्रकृति अनुसार श्रमिकको न्युनतम ज्याला तोक्नु पर्छ: श्रम मन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामको प्रकृति अनुसार श्रमिकको न्युन्तम ज्याला हुने पर्ने बताएका छन । 

बुधबार काठमाडौमा नेपालमा प्रभावकारी पारिश्रमिक नीतिहरूको रूपरेखा तयार पार्ने र कार्यान्वयन गर्ने विषयमा आयोजित सचेतना कार्यशालामा बोल्दै मन्त्री भण्डारीले कामको प्रकृति अनुसार तलब सुविधाको प्रकृति हुनु पर्ने उनले बताए । 

उनले रोजगारदाता, श्रमिक, ट्रेड  युनियन सबै सरोकारबालाहरु बीच गहन छलफल गरी श्रमिकहरुको न्यून्तम ज्याला र सुविधा सम्बन्धमा एउटा ठोस सुत्रको खोजी गरी सहमत हुन सके सबैको लागि उत्तम हुने बताए ।

यसका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताउँदै श्रमिकको हितमा के के गर्न सकिन्छ त्यसका लागि काम गनुपर्नेमा जोड पनि दिए । 

उनले श्रमिकहरुको ज्यालाको सम्बन्धमा त्यसका आधारहरु, मापदण्ड सहितका सुत्र निर्माण गर्नुपर्नेमा ढिला गर्न नहुने बताए ।  

त्यसै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले न्युन्तम पारिश्रमकि तोक्दा रोजगारदाता र श्रमिकलाई दुवैलाई अप्ठयारो नहुने गरी गर्नुपर्नेमा जोड दिए ।  

ट्रेड युनियनका तर्फबाट जेटियुसीसीका महासचिव इन्द्रदेव मिश्रले निजी र सरकारी दुवै क्षेत्रका कामदारका लागि बराबर न्युन्तम ज्याला तोक्नु पर्ने बताउँदै रोजगारदाताले फराकिलो हृदय गर्न सके यो बिषय कठिन नरहेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा आयोजित कार्यशालामा सरोकारवालाहरुबिच न्युनतम पारिश्रमिकबारे गहन छलफल सुरु भएको छ । उक्त कार्यशाला दुई दिन सम्म चल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको