नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेका छन् । बिहीबार शपथग्रहण गरेसँगै मन्त्री पन्तले शुक्रबार विज्ञप्तिमार्फत आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेका हुन् ।
'शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई मन्त्रालयको तर्फबाट यथाशीघ्र वार्ता र संवादका लागि अनुरोध गर्दछु,' जारी विज्ञप्तिमा भनिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस