Like us!
Follow us!
Connect us!
Watch us!

गगनलाई ओलीको चुनौती – बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने प्रमाणित गर

अर्थ संसार

आइतबार, १४ बैशाख २०८२, १५ : ०० मा प्रकाशित

गगनलाई ओलीको चुनौती – बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने प्रमाणित गर

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई प्रमाणित गर्न चुनौती दिएका छन् ।

सत्ता साझेदार कांग्रेस महामन्त्री गगन थापाले केही दिनअगाडि प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको बताएका थिए । उनको यो भनाइपछि सत्ता गठबन्धनमा गडबड भएको सार्वजनिक भएको थियो । 

मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महामन्त्री थापाको नाम नलिई राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको  बताए । 

प्रधानमन्त्री ओलीले भने, 'झुटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ  कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ',आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।' 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको टिप्पणी गरे । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको