Like us!
Follow us!
Connect us!
Watch us!

अल्फा बिजनेस प्रालिलाई विभागले तिरायो दुई लाख जरिबाना

अर्थ संसार

सोमबार, १५ बैशाख २०८२, १० : १७ मा प्रकाशित

अल्फा बिजनेस प्रालिलाई विभागले तिरायो दुई लाख जरिबाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको अल्फा बिजनेस प्रालिलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले आइतबार नियमित अनुगमन अन्तर्गत ९ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । सोही क्रममा काठमाडौं महानगरपालिका-११ मा रहेको अल्फा बिजनेसलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै २ लाख रुपैयाँ जरिबाना तिराइएको हो । 

त्यस्तै, होम फर्निसर्स प्रा.लि., लुगाघर कागेश्वरी मनोहरा नगरपालिका–९, ॐ सिद्धि ज्वेलर्स काठमाडौं महानगरपालिका–१३, आकाश फुड्स काठमाडौं महानगरपालिका–११, मार्फा ट्रेडिङ प्रा.लि. काठमाडौं महानगरपालिका–२४, जिरे खुर्सानी रेष्ट्रो मध्यपुर थिमी नगरपालिका–१, दुगड आइरन एण्ड स्टिल ट्रेडिङ कम्पनी प्रा.लि. काठमाडौं महानगरपालिका–११, र डि एण्ड डि अटो लिंक प्रा.लि. काठमाडौं महानगरपालिका–१२ लाई तीन दिन भित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यसैगरी, चौलागा क्षेत्रमा रहेको एक व्यवसायीलाई भने सात दिन भित्र विभागमा हाजिर हुन सूचित गरिएको छ। विभागले अनुगमनका क्रममा देखिएका कमजोरीहरूको सन्दर्भमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसार कसुर ठहर गरी ऐनको दफा ३९ को उपबन्द १ (ख) बमोजिम जरिवाना र निर्देशनात्मक कारवाही गरिएको जनाएको छ।

विभागले सबै व्यवसायीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको