Like us!
Follow us!
Connect us!
Watch us!

उपभोक्ता संरक्षण ऐन उल्लङ्घन - एक व्यवसायीलाई जरिवाना, अन्यलाई विभागमा उपस्थित हुन निर्देशन

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, ११ : १२ मा प्रकाशित

उपभोक्ता संरक्षण ऐन उल्लङ्घन - एक व्यवसायीलाई जरिवाना, अन्यलाई विभागमा उपस्थित हुन निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गर्ने व्यवसायीहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ।

विभागले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा फर्महरूमा अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ विपरीत गतिविधि भेटिएपछि एक व्यवसायीलाई जरिवाना गरेको र अन्यलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो।

काठमाडौं महानगरपालिका–१० मा रहेको सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. ले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८(४) उल्लङ्घन गरेको पाइएपछि ५१ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। कारबाही सोही ऐनको दफा ३९ को १(घ) अनुसार गरिएको हो।

यस्तै, आर.पी. ग्रुप प्रा.लि. (काठमाडौं–०१) र मणिक गंगा इन्टरप्राइजेज (काठमाडौं–१५) लाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

सिटी वाक (काठमाडौं–०१) लाई भने उपभोक्ता संरक्षण ऐनअनुसार बिक्रेताले पालना गर्नुपर्ने दायित्व पूरा गर्न विभागले निर्देशन दिएको छ।

त्यसैगरी, पञ्चकन्या अटो मोबाइल्स (काठमाडौं–१२), वि. जे. इन्टरनेशनल प्रा.लि. (टोखा–१०), गुडनेश फुड्स प्रा.लि. (काठमाडौं–०६), शुभ सत्कार ट्रेडिङ्ग प्रा.लि. (बुढानिलकण्ठ–०७) र मामा भान्जा ट्रेडर्स प्रा.लि. (काठमाडौं–११) लाई सामान्य निर्देशन दिइएको विभागले जानकारी दिएको छ।

विभागले उपभोक्ताको हक हित संरक्षणका लागि अनुगमनलाई नियमित र प्रभावकारी बनाउने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको