Like us!
Follow us!
Connect us!
Watch us!

उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गर्ने ९ फर्ममाथि कारबाही, दुईलाई लाखौं जरिवाना

अर्थ संसार

बुधबार, ३२ असार २०८२, ११ : २९ मा प्रकाशित

उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गर्ने ९ फर्ममाथि कारबाही, दुईलाई लाखौं जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७४ र नियमावली, २०७६ उल्लङ्घन गरेको भन्दै नौ वटा संस्था तथा फर्ममाथि जरिवाना र निर्देशनात्मक कारबाही गरेको छ।

अनुगमनमा बुटवल उपमहानगरपालिका–११ मा रहेको श्रीराम टोबाको उद्योग प्रालिमाथि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। ललितपुर महानगरपालिका–०२ मा सञ्चालित एस.भी.एल. प्रोफेशनल प्रालिमाथि दुई लाख पाँच हजार रुपैयाँ जरिवाना लगाइएको विभागले जनाएको छ।

अन्य सात वटा फर्महरूलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। ती फर्महरूमा केश नेपाल, एस.एस. एजुकेशन सलुसन सर्भिस, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, राहुल ट्रेड लिंक्स, अक्सव्रिज फाउन्डेशन फर ग्लोबल स्टडिज, प्यासिफिक एजुकेशन कन्सल्टेन्सी प्वाइन्ट, र पशुपतिनाथ इन्टरनेशनल बिजनेस प्रालि परेका छन्।

यीमध्ये प्यासिफिक एजुकेशन कन्सल्टेन्सी प्वाइन्ट र पशुपतिनाथ इन्टरनेशनल बिजनेसलाई सामान्य निर्देशन दिइएको छ।

विभागले अनुगमनका क्रममा ऐनको दफा २९ र ३९ उल्लङ्घन गरिएको फेला परेको जनाउँदै सोही आधारमा कारबाही गरिएको स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको