नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूले संसद बैठकमा अश्लील शब्द नबोलेको प्रष्टीकरण दिएका छन् ।
हिजोको बैठकमा आफूले गरेको सम्बोधनलाई मिडियाले तोडमोड गर्न खोजेको उनले गुनासो गरे ।
आलेले हिजो संसदमा गरेको सम्बोधन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसमा उनले अश्लील शब्द प्रयोग गरेको दाबी कतिपयले गरेका छन् ।हिजोको बैठकमा आलेले आफू मन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणमा आफ्नो इच्छा विपरीत जुनियर मान्छेलाई डीजी बनाइएको सुनाएका थिए ।
उनको भाषणको अंश यस्तो थियो 'जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो, हो बनाइयो । मेरै पालामा हो । निधारमा लेखेको हुँदैन नि, यो चोर हो कि साधु हो भनेर । मैले धेरै पटक जुनियर मान्छेलाई नबनाऊँ भनेको हो, तर पार्टीको दबाब झेल्न नसकेर जुनियर मान्छेलाई बनाइयो । अन्तिम पटक उनले ‘मान्छे’ भन्दा ‘मु…’ भनेको जस्तो सुनिएको थियो । यसैलाई लिएर आलेले संसदमै अश्लील शब्द बोलेको चर्चा भयो । र, आज उनी प्रष्टीकरण दिन बाध्य भएका हुन् ।' आलेले आज प्रष्टीकरण दिंदै भने, 'मैले हिजो बोलेको कुरालाई अश्लील शब्द भनेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । राम्रोसँग सुनेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्छु । हिजो संसदमा कुरा राख्दा ‘पार्टीको दबाब झेल्ने नसकेर त्यो मान्छेलाई डीजी बनाइयो’ भनेको थिएँ । राज्यको चौथो अंग भन्ने मिडियाले यसलाई तोडमोड गर्यो । २५ सय वाटको स्पिकर राखेर राम्रोसँग सुन्न अनुरोध गर्छु । यसरी जनप्रतिनिधिको हुर्मत लिनु भएन ।'
यस्ता विषयलाई ध्यान दिएर मात्र समाचार सम्प्रेषण गरियोस् । मैले पटक-पटक पोखरा र भैरहवामा विमानस्थलमा भ्रष्टाचार भएको विषय उठाइरहेकाले त्यसलाई डाइभर्ट गर्नका लागि त मेरो हुर्मत लिएको होइन ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस