एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरी बिक्रीमा ल्याएको छ।
उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। निवेदनपछि बिक्रेतासँग समन्वय गरेर आपसी सहमतिमा मात्रै खरीद–बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
साथै संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीदका लागि प्रस्ताव गरिसकिएको सूचनामा उल्लेख गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस