Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण GESI योजनाको घोषणा

अर्थ संसार

शुक्रबार, २५ फागुन २०८०, १९ : ०३ मा प्रकाशित

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण GESI योजनाको घोषणा

एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण GESIयोजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नितिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोेत्सान गरेको छ । 

GESI ले समग्र बैंकीङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्र्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको छ । 

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण न्भ्क्क्ष् योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकहरुलाई व्हिलचेर र्‍याम्प  स्थापना गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व Women Leadership कार्यक्रम समेत सुरुवात गरिसकेको छ ।

महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेकोछ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कणरली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरु चल्तिमा ल्याईसकेको छ ।

Website: https://nmb.com.np/gender-equity-and-social-inclusion-gesi

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८३ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको