Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षकहरूसँग आजै सहमति हुने र भोलिदेखि पठनपाठन हुने सत्ता गठबन्धनको विश्वास

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, १४ : ०१ मा प्रकाशित

शिक्षकहरूसँग आजै सहमति हुने र भोलिदेखि पठनपाठन  हुने सत्ता गठबन्धनको विश्वास

सत्ता गठबन्धनले आज सरकार र शिक्षकहरूबिच सहमति हुने विश्वास व्यक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आज दिनभरिमा सरकार र शिक्षकहरूबिच सहमति हुने विश्वास लिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उपमहासचिव ज्ञवालीले आज सहमति भएर भोलिदेखि सहज ढंगले पठनपाठनको वातावरण हुने बताए । 

उनले भने, ‘सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सकारात्मक ढंगले अगाडि बढेको छ । मलाई विश्वास छ आज दिनभरिमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघको बीचमा सहमति भएर भोलिदेखि सहज ढंगले पठनपाठन हुने वातावरण हुन्छ भन्ने विश्वास छ ।’ 

उपमहासचिव ज्ञवालीले शिक्षकहरूले शिक्षा विधेयक लिएर जाँदैनौँ भनेपछि सरकार र नेपाल शिक्षक महासंघबीच सहमति हुन ढिला भएको बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको