Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ जारी गर्दै पैचो पसल, एनआईसी क्यापिटलसँग सम्झौता

अर्थ संसार

सोमबार, १५ बैशाख २०८२, १७ : ०१ मा प्रकाशित

आईपीओ जारी गर्दै पैचो पसल, एनआईसी क्यापिटलसँग सम्झौता

एनआईसी एशिया क्यापिटल र पैचो पसल बीच भविष्यमा पैचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ ।  एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सोही सेवा अन्तर्गत सुख्खानगर बुटवलमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक सेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

पैचो पसल प्रालि कृषि सम्बन्धि कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझँ पुर्याउँदै आएको छ । पैचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

पैचो पसल केवल खाद्य कम्पनी मात्र नभई, बीउ बिजन उत्पादन देखी उत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पुर्‍याउन सफल भएको छ । कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ ।आगामी दिनमा सर्वसाधारणहरुमा शेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य लिएको पैचोले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको