Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि घट्यो नेप्से,९ अर्ब ३७ करोडको कारोबार

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, १५ : ०८ मा प्रकाशित

आज पनि घट्यो नेप्से,९ अर्ब ३७ करोडको कारोबार

सेयर बजार बुधबार पनि घटेको छ । आज नेप्से ८.१४ अकंले घटेर २६२३ बिन्दुमा कायम भएको छ ।

आज ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोडको सेयर कारोबार भएको हो । बुधबार ५ उपसूचकमा हरियाली देखिए पनि ८ उपसूचक राताम्य भएका छन् । यसदिन १०७ कम्पनीको सेयरमूल्य घटेको छ भने १३६ कम्पनीको बढेको हो ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको