काठमाडौं महानगरपालिकाको एम्बुलेन्स खरिद प्रक्रियामा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लगायतले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
उजुरीमा मेयर शाहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूलाई पनि कारबाहीको माग गरिएको छ ।
उजुरीपत्रमा उल्लेख भएअनुसार, मेयर शाहको प्रत्यक्ष निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका गाउँपालिकाहरूलाई वितरण गर्ने उद्देश्यले ३५ वटा एम्बुलेन्स खरिद योजना अगाडि बढाइएको थियो, जसको प्रारम्भिक चरणमै अनियमितता भएको आशंका व्यक्त गरिएको छ ।
उजुरी अनुसार सचिव साहले एक स्कर्पियो गाडी घुसस्वरूप लिने सहमति गरेका थिए र सोही अनुरूप खरिद प्रक्रिया अघि बढाइएको बताइएको छ । बोलपत्र दस्तावेज (बिड डकुमेन्ट) अनुसार सामान आएपछि मात्र भुक्तानी हुने प्रावधान हुँदाहुँदै पनि गाडी कम्पनीले सुरुमै भुक्तानी दिने सर्त राखेको र त्यसलाई महानगरले स्वीकार गरेर खरिद ऐन, २०६३ को दफा ५२(क) विपरीत कार्य भएको उजुरीमा उल्लेख छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस