Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर घट्दै बैंकहरुको आधार दर,पछिल्लो तथ्यांक अनुसार कुनको कतिमा झर्यो ?

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, १५ : ११ मा प्रकाशित

निरन्तर घट्दै बैंकहरुको आधार दर,पछिल्लो तथ्यांक अनुसार कुनको कतिमा झर्यो ?

निरन्तर निक्षेपमा ब्याजदर घटाउँदै लगेपछि वाणिज्य बैंकहरुको बेस रेट पनि घट्दै गएको देखिएको छ।  हाल २० वटै वाणिज्य बैंकहरूले आधार दरलाई १० प्रतिशतभन्दा तल झारिसकेका छन् । वैशाखमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ६.३५ प्रतिशत कायम भएको छ । पछिल्लो १ महिना मात्रै बैंकहरुको औसत बेस रेट ०.१३ प्रतिशत विन्दुले घटेको छ ।

कुनको कति ?

पछिल्लो तथ्यांक अनुसार स्टान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम आधार दर कायम गरेको छ, जुन ५.०२ प्रतिशतमा झरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५.१४ प्रतिशत, एभरेष्ट बैंकको ५.४५ प्रतिशत, नेपाल बैंकको ५.८९ प्रतिशत, नबिल बैंकको ५.९७ प्रतिशत आधार दर रहेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.१० प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.३८ प्रतिशत, माछापुच्छ्रे बैंकको ६.३८ प्रतिशत, सानिमा बैंकको ६.४८ प्रतिशत, एनएमबि बैंकको ६.४९ प्रतिशत, सिद्धार्थ बैंकको ६.५३ प्रतिशत, सिटिजन्स बैंकको ६.६२ प्रतिशत, एसबिआई बैंकको ६.७३ प्रतिशत, हिमालयन बैंकको ६.७७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७८ प्रतिशत, प्रभु बैंकको ६.८२ प्रतिशत, कुमारी बैंकको ६.८८ प्रतिशत र प्राइम बैंकको ६.९० प्रतिशत आधार दर रहेको छ।

एनआइसी एशिया बैंकको ७.३१ प्रतिशत आधार दर हाल सबैभन्दा उच्च रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको