एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २०८१ साल पौष २५ गते बिहीबार सम्पन्न भएको छ। उक्त सभा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार गोयलको सभापतित्वमा आयोजना भएको थियो।
साधारण सभामा बैंकका संचालक, सेयरधनी महानुभाव तथा अन्य सहभागीहरूले आ–आफ्ना विचार राखेका थिए। यस अवसरमा बैंकको २०८१ सालको आषाढ सम्मको वित्तीय विवरण प्रस्तुत गरिएको थियो।
वित्तीय विवरण अनुसार, बैंकको खुद नाफा रु. २ अर्ब २४ करोड, निक्षेप रु. २२७.१० अर्ब र कर्जा रु. २०४.६१ अर्ब रहेको जानकारी दिइएको छ।
बैंकले देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूसहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस