नेपाल शिक्षक महासंघ र सरकारले बुधबार गरेको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले गम्भीर असन्तुष्टि जनाएको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै महासंघले गरेको सहमति आफूहरूको संस्थागत धारणाविपरीत रहेको स्पष्ट पारेको हो ।
नेपाल शिक्षक महासंघले राष्ट्रिय समितिमार्फत सञ्चालनमा ल्याएको दोस्रो चरणको आन्दोलन २९औैं दिन पुगेपछि बुधबार सरकारसँग छलफल गर्दै आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो ।
तर, परिषद्ले उक्त सहमतिमा कुनै प्रकारको सहभागिता नभएको र आन्दोलन फिर्ता गर्ने निर्णय परिषद्को आधिकारिक धारणा नभएको जनाउँदै विरोध जनाएको छ ।
विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग तथा मुद्दाहरूप्रति सरकार र महासंघ दुवै गम्भीर नदेखिएको आरोप पनि लगाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस