सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन निरुत्साहन गर्ने मापदण्ड बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो मापदण्ड बनाउने बताएका हुन् । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गर्ने भएको छ।
सन् २०३० सम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारीको प्रयोग घटाउँदै लैजाने सरकारको योजना छ । अर्कातर्फ विद्युतीय सवारीमा भने सरकारले बर्सेनी कर बढाउँदै गएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस