Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम भव्य रूपमा सम्पन्न

अर्थ संसार

आइतबार, २१ बैशाख २०८२, ०८ : ३९ मा प्रकाशित

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम भव्य रूपमा सम्पन्न

एनएमबि बैंक लिमिटेडले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्दै आएको ‘हेरिटेज वाक’ कार्यक्रमको बाह्रौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ।

यो कार्यक्रम शनिबार गट्ठाघरस्थित एनएमबि बैंकको शाखाबाट सुरु भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै ऐतिहासिक बोडे महालक्ष्मी मन्दिरमा समापन भएको हो।

सांस्कृतिक जागरण तथा साक्षरता अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा आयोजित कार्यक्रममा करिब ७०० जनाको सहभागिता रहेको बैंकले जनाएको छ। सहभागीहरूमा एनएमबि बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका प्रतिनिधि, नेपाल हेरिटेज सोसाइटीका सदस्य तथा सर्वसाधारणहरू रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ रहेका थिए। कार्यक्रममा बोल्दै उनले यस्ता प्रयासहरूले सांस्कृतिक चेतना अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

उक्त अवसरमा एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल हेरिटेज सोसाईटीलाई सम्पदा तथा वातावरण संरक्षणका लागि रु ५ लाखको सहयोग प्रदान गर्नुका साथै नगरपालिकालाई डस्टबिनसमेत हस्तान्तरण गरेको छ।

यस्तै कार्यक्रमलाई सातै प्रदेशमा पनि विस्तार गरिएको बैंकले जानकारी दिएको छ।

  • कोशी प्रदेशमा: पूर्व बस स्ट्यान्डदेखि पाथीभरा मन्दिर, झापा

  • मधेश प्रदेशमा: बीरगञ्ज शाखादेखि शंकराचार्य गेट

  • बागमती प्रदेशमा: लायन्स चोकदेखि हरिहर मन्दिर, चितवन

  • गण्डकी प्रदेशमा: लेकसाइड शाखादेखि राम मन्दिर, बिरौटा

  • लुम्बिनी प्रदेशमा: भल्वारी शाखादेखि मोक्षधाम सेवा आश्रम

  • कर्णाली प्रदेशमा: वीरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिर

  • सुदूरपश्चिम प्रदेशमा: ग्रीन गोदावरी रिसोर्टदेखि गोदावरी शिव मन्दिर

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले यस्ता कार्यक्रमहरूबाट सामाजिक तथा सांस्कृतिक उत्तरदायित्वमा आफ्नो सक्रिय सहभागिता जनाउँदै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको