Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंको स्वास्थ्य अवस्थालाई लिएर अदालतको आदेश: 'उपचारको उचित प्रबन्ध गर्नू'

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, ०७ : १९ मा प्रकाशित

दुर्गा प्रसाईंको स्वास्थ्य अवस्थालाई लिएर अदालतको आदेश: 'उपचारको उचित प्रबन्ध गर्नू'

क्यान्सर पीडित दुर्गा प्रसाईंको हिरासतमा रहँदा स्वास्थ्य अवस्था नाजुक बन्न सक्ने भन्दै जिल्ला अदालत काठमाडौंले उपचारको प्रबन्ध गर्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले दिएको आदेशमा प्रसाईंको स्वास्थ्यप्रति चासो देखाइएको छ। आदेशमा प्रसाईंको क्यान्सर रोगको उपचारमा कुनै बाधा नपुग्ने गरी आवश्यक उपचार प्रबन्ध गर्न भनिएको छ।

प्रसाईंले अदालतसमक्ष आफू क्यान्सर रोगी भएको भन्दै तारेखमा छाड्न वा हाजिरी जमानीमा रिहा गर्न आग्रह गर्दै निवेदन दिएका थिए। तर अदालतले त्यसबारे अन्तिम निर्णय नगरी, हाललाई उपचारका लागि आवश्यक व्यवस्था गर्न प्रहरीलाई निर्देशन दिएको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको