Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफको बोनसदर सार्वजनिक,बीमितलाई कुन योजनामा कति ?

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, १० : ४८ मा प्रकाशित

हिमालयन लाइफको बोनसदर सार्वजनिक,बीमितलाई कुन योजनामा कति ?

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनको आधारमा  नयाँ बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले न्यूनतम प्रतिहजार १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।

नयाँ बोनसदर अनुसार सावधिक बीमालेखमा बीमा अवधिअनुसार २६ रुपैयाँदेखिस ६३ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै अग्रिम भुक्तानी सावधिकमा ५६ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी सावधिक) मा ४८ रुपैयाँ, जीवन उपहार (सावधिक) मा ३१ रुपैयाँ र सावधिकमा ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

यता सावधिक तथा आजीवन बीमा योजनामा (१३) मा ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक (१०, १२ र १५) मा ३४ देखि ४६ रुपैयाँसम्म, वार्षिक नगद फिर्ता (२३ र २५) मा ३२ देखि ४१ रुपैयाँसम्म र सुरक्षित भविष्य जीवन बीमा योजना (२८) मा न्यूनतम १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनसदर दिने भएको छ। यी बोनसदर कम्पनीले अर्काे नयाँ बोनसदर निर्धारण नगरेसम्म र मृत्यु, पूर्ण वा आंशिक अवधि, समर्पण मूल्य, चुक्ता मूल्य दाबी भुक्तानी र चालू बीमालेखमा समेत लागू हुने बताएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको