Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो त्रैमास - करीब साढे ५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, १० : ३४ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो त्रैमास - करीब साढे ५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ 

वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ७७ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड ४८ लाख ४३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क ४१४.०३ प्रतिशतले बढेको छ।

चैतसम्म कम्पनीले ५ करोड ४६ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७७ लाख ४६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क पनि ६०५.७४ प्रतिशतले बढेको छ। तेस्रो त्रैमाससम्म चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा २६ लाख ७४ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ६७ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २२ लाख ८ हजार रुपैयाँ र अन्य इक्विटीमा १८ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा २४ लाख ३३ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ४३ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १९ लाख ९६ हजार रुपैयाँ र अन्य इक्विटीमा १३ हजार रुपैयाँ रहेको थियो।

चैतसम्म कम्पनीको बीमा कोषको आकार बढेर १८ करोड २७ लाख २४ हजार रुपैयाँको उचाइमा पुगवेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बीमा कोषमा ८ करोड ७८ ६४ हजार रुपैयाँ थियो। बीमा कोषको आकार १२८.१८ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीले ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २४ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ८०.०८ प्रतिशतले घटेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर ०.०९ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ईपीएस ०.६१ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको