Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा, वैशाख १६ गते सुनुवाइ

अर्थ संसार

सोमबार, १५ बैशाख २०८२, ०७ : ३२ मा प्रकाशित

गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा, वैशाख १६ गते सुनुवाइ

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। अधिवक्ता अनन्त लुइँटेलले आइतबार (वैशाख १४ गते) सर्वोच्चमा थापाविरुद्ध रिट दायर गरेका हुन्।

सर्वोच्च अदालत प्रशासनले मुद्दा दर्ता गर्दै आगामी मंगलबार (वैशाख १६) का लागि प्रारम्भिक सुनुवाइ मिति तोकेको जनाएको छ।

गगन थापाले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा अदालतले 'डिल' गरेको आरोप लगाएका थिए। कार्यक्रममा बोल्दै थापाले अदालतमाथि गम्भीर प्रश्न उठाउँदै भनेका थिए,
"अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विषयहरूमा दुई/तीन वर्षदेखि मुद्दा झुलाइरहेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ। यस्तो व्यवहारले अदालतको विश्वसनीयता कमजोर बनाउँछ।"

थापाको यिनै अभिव्यक्तिलाई आधार बनाएर अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको