Like us!
Follow us!
Connect us!
Watch us!

पाथीभरा केबलकार निर्माणमा ब्रेक: सर्वोच्चको यथास्थितिमा राख्न आदेश

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, १३ : २९ मा प्रकाशित

पाथीभरा केबलकार निर्माणमा ब्रेक: सर्वोच्चको यथास्थितिमा राख्न आदेश

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार परियोजनामा सर्वोच्च अदालतले रोक लगाएको छ। न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भएका सबै निर्माण कार्य यथास्थितिमा राख्न आदेश दिएको हो।

यो आदेश यामबहादुर लिम्बू लगायतका निवेदकहरूले दायर गरेको रिटपछि आएको हो। उनीहरूले केबलकार निर्माण धार्मिक-सांस्कृतिक सम्पदामाथि अतिक्रमण भएको दाबी गर्दै अन्तरिम आदेशको माग गरेका थिए।

अदालतले तत्काल अन्तरिम आदेश दिने वा नदिनेबारे थप छलफल आवश्यक रहेको भन्दै चैत २६ गते दुबै पक्षलाई उपस्थित हुन भनेको छ।

पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण गरिरहेको छ। तर, स्थानीय समुदाय यसको विरोधमा उत्रिएका छन्। उनीहरूको दाबी छ कि यो परियोजनाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रलाई असर पुर्‍याउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको