Like us!
Follow us!
Connect us!
Watch us!

बेलुन पड्किँदा छानबिन समिति, तिनकुनेमा गोली चले पनि सरकार चुप - ज्ञानेन्द्र शाही

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, १२ : १२ मा प्रकाशित

बेलुन पड्किँदा छानबिन समिति, तिनकुनेमा गोली चले पनि सरकार चुप - ज्ञानेन्द्र शाही

राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभामा बोल्दै राज्य आतङक अत्याधिक बढेको आरोप लगाएका छन् । उनले तिनकुने घटनालाई लिएर ४० दिनभन्दा बढी समयदेखि रविन्द्र मिश्रलगायतका व्यक्तिहरू थुनामा राखिएकोप्रति आपत्ति जनाए ।

शाहीका अनुसार घटनामा विभिन्न मानव अधिकार संगठनहरूले समेत राज्यले मानव अधिकारको गम्भीर उल्लंघन गरेको भनी प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा पनि सरकारले उनीहरूलाई रिहा नगरेको स्पष्ट अन्याय हो ।

सांसद शाहीले पोखरामा बेलुन पड्किएको घटना हुँदा तुरुन्तै न्यायिक छानबिन समिति बनाउने सरकार तिनकुने घटनामा भने गोली हानी ज्यान लिइएको अवस्थामा पनि छानबिन समिति नबनाउनु प्रश्न उठाउने विषय भएको बताए ।उनले सविन महर्जनको टाउकोमा गोली हानेर मार्ने घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति आवश्यक भएको धारणा राखे । उनले तिनकुनेमा १४०० राउण्डभन्दा बढी अश्रुग्यास र गोली प्रहार गरिएको दाबी गर्दै छानबिन समितिको खाँचो अझ बलियो बनेको उल्लेख गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको