हालको नियमावलीले बैंक तथा विशेष ऐनअन्तर्गत स्थापित संस्थाका सहायक कम्पनीहरूले धितोपत्र कारोबारमा सहभागिता जनाउँदा अन्योल उत्पन्न भएको भन्दै त्यसको स्पष्टता माग गरिएको छ।
ब्रोकर एशोसिएसनको माग छ—सहायक कम्पनीले आफ्नै मूल कम्पनी वा त्यसका अन्य सहायक कम्पनीका शेयर किनबेच गर्न पाउने नहुने नियम हटाई स्वामित्व ग्रहण नगर्ने सर्त राखेर कारोबार गर्न अनुमति दिइयोस्।
हालको नियम अनुसार ब्रोकर कम्पनीहरूले २०८२ असार मसान्तसम्म चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउनु पर्नेछ।
तर एशोसिएसनले दुई वर्ष थप गर्दै २०८४ असार मसान्तसम्म समयसीमा लम्ब्याउन आग्रह गरेको छ। ब्रोकरहरूको भनाइमा यो छोटो समयसीमामा पुँजी १० गुणा वृद्धि गर्नु व्यवहारिक छैन।
धितोपत्र दलालहरूले हाल सीमित सेवामार्फत व्यवसाय सञ्चालन गर्दै आएका छन्। एशोसिएसनले निम्न थप कार्यहरू गर्न पाउने अधिकार माग गरेको छ:
केन्द्रीय निक्षेप सेवा अनुमति
राफसाफ सदस्यता
प्रोप्राइटरी कारोबार
मार्जिन कारोबार
लगानी व्यवस्थापन
पूर्ण कार्य गर्न सक्ने दलाल सेवामा थप:
लगानी परामर्श (advisory) सेवा
संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्ने अनुमति
धितोपत्र दलालले कम्तीमा एक आर्थिक वर्ष सञ्चालन गरिसकेपछि आफ्नै कम्पनीको आईपीओ निष्कासन गर्न पाउने व्यवस्था गरियोस् भन्ने ब्रोकरहरूको माग छ।
धितोपत्र व्यापारीहरूले निम्न कार्यहरू गर्न पाउनुपर्ने माग गरिएको छ:
आफैंको नाममा धितोपत्र किनबेच
म्युचुअल फण्ड व्यवस्थापन
प्रत्याभूतिकर्ताको रूपमा कार्य
योग्य संस्थागत लगानीकर्ता
दुईतर्फी बजारमा आदेश दिन पाउने व्यवस्था
धितोपत्र दलालले आफ्ना शेयरधनी, प्रमुख कार्यकारी, कर्मचारी तथा उनीहरूका पारिवारिक सदस्यहरूलाई दलाली सेवा दिन पाउने व्यवस्था गरियोस्।
यसले एकाघर कारोबारको अनुगमन र रिपोर्टिङ एकद्वार प्रणालीबाट सहज हुने एशोसिएसनको भनाइ छ।
दलालहरूले पारिवारिक नामबाट भएका सबै कारोबारहरूको विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको ७ कार्य दिनभित्र सेबोनमा बुझाउनुपर्ने कानुनी व्यवस्था गरियोस् भन्ने माग पनि एशोसिएसनले अघि सारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस