 
                            नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले अर्थ मन्त्रालयले पठाएको पत्रको विरोधमा सुरु गरेको आन्दोलन ३८ दिन पुगेको छ।
आन्दोलनको ३७ औं दिनमा बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ प्रहरी सुरक्षा घेरासहित कार्यालय पुगेपछि कर्मचारीहरू थप आक्रोशित बनेका छन्।
बुधबार दिउँसो अध्यक्ष श्रेष्ठ जिल्ला प्रहरी कार्यालय ललितपुरका डिएसपीको कमान्डमा रहेका सुरक्षाकर्मीको साथमा खुमलटारस्थित कार्यालय पुगेका थिए। सुरुमा प्रहरीको भ्यान कार्यालय परिसरमा पुगेको र त्यसपछि प्रहरीको सुरक्षा घेराभित्र अध्यक्ष श्रेष्ठ कार्यालय प्रवेश गरेको उच्च स्रोतले बताएको छ। तर आन्दोलनरत कर्मचारीहरूले अध्यक्ष श्रेष्ठको यस्तो कदमलाई आपत्तिजनक र अनावश्यक प्रदर्शनका रूपमा लिएका छन्। स्रोत अनुसार उनीहरूले कहिल्यै पनि अध्यक्षलाई कार्यालय आउन नरोकेको र कुनै अवरोध नगरिएको अवस्थामा ठूलो संख्यामा प्रहरी लिएर कार्यालय आएकाले कर्मचारीहरु अझ धेरै रुष्ट बनेका छन् भने आन्दोलनलाई थप चर्काउने छलफलमा छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस