Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी आन्दोलन चर्किएपछि अध्यक्ष श्रेष्ठले बोलाए बोर्ड बैठक, राजीनामाको सम्भावना बलियो

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १५ : १९ मा प्रकाशित

कर्मचारी आन्दोलन चर्किएपछि अध्यक्ष श्रेष्ठले बोलाए बोर्ड बैठक, राजीनामाको सम्भावना बलियो

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अर्थ मन्त्रालयमा बोर्ड बैठक बोलाएका छन्। बोर्डका कर्मचारीहरूले ४३ औँ दिनमा पनि आन्दोलन जारी राखेपछि अध्यक्ष श्रेष्ठले बैठक  बोलाएका हुन् ।

बैठक आज साँझका लागि बोलाइएको अर्थमन्त्रालयको उच्च स्रोतले जानकारी  दिएको छ । स्रोतका अनुसार मन्त्रालयमा बोलाइएको बैठकमा बोर्डमा प्रवेशमा रोक लगाएपछि उत्पन्न तनाव र कर्मचारी आन्दोलनबारे छलफल हुनेछ भने कर्मचारी आन्दोलनको दबाब र चर्को विरोधका कारण अध्यक्ष श्रेष्ठमाथि राजीनामा दिनुपर्ने दबाब पनि बढिरहेको छ।

गत असोज २ गते अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डलाई पठाइएको पत्रपछि कर्मचारीहरू आन्दोलन थालेका । सञ्चालक समितिले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय तत्काल फिर्ता लिनुपर्ने र बोर्डको स्वायत्तता कायम राखिनुपर्ने कर्मचारीहरूको माग छ । आन्दोलनका कारण बोर्डका सबै काम ठप्प रहेका छन्। कर्मचारीहरूले अध्यक्ष श्रेष्ठको राजीनामा माग गर्दै कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्।  

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको