Like us!
Follow us!
Connect us!
Watch us!

थप चर्कियो धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन,बोर्ड अध्यक्षलाई कार्यालय प्रवेशमै लगाए रोक

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १२ : २८ मा प्रकाशित

थप चर्कियो धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन,बोर्ड अध्यक्षलाई कार्यालय प्रवेशमै लगाए रोक

नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले बोर्डको स्वायत्तता कायम राख्नुपर्ने मागसहित विरोध आन्दोलनलाई थप चर्काएका छन्। उनीहरूले बोर्ड अध्यक्षविरुद्ध कडा असन्तुष्टि जनाउँदै आन्दोलनलाई चर्काएका हुन् ।

कर्मचारीहरूले कार्यालयमै ‘प्रवेश निषेध’का सूचना समेत टाँसेका छन्। नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठनले 'हामी विरोधमा छौं' भन्ने नारासहित बोर्ड कार्यालयमा ब्यानर टाँसेका छन्। 

कर्मचारीहरूले बोर्ड अध्यक्षको कार्यकक्षको ढोकामा 'अक्षम अध्यक्ष राजीनामा गर' र 'बोर्ड अध्यक्षलाई प्रवेश निषेध' भन्ने पर्चा टाँसेका छन्। उनीहरूले हालसम्म भएका निर्णय र कार्यशैलीले बोर्डको स्वायत्तता कमजोर बनाएको आरोप लगाएका छन्। आन्दोलन सुरु भएको आज  ४१ औं दिन पुगेको छ। सरकारले बोर्डको स्वतन्त्रता र दक्ष नेतृत्व सुनिश्चित नगरेसम्म पछाडि नफर्किने कर्मचारीहरूको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको