Like us!
Follow us!
Connect us!
Watch us!

रेशम चौधरीको पक्राउले लोकतन्त्र प्रतिको विश्वासमा चोट लागेको छ - रञ्जिता श्रेष्ठ

अर्थ संसार

मंगलबार, २३ बैशाख २०८२, १२ : २७ मा प्रकाशित

रेशम चौधरीको पक्राउले लोकतन्त्र प्रतिको विश्वासमा चोट लागेको छ - रञ्जिता  श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको पक्राउले लोकतन्त्र प्रतिको विश्वासमा चोट लाग्न पुगेको बताएकी छ्न् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एक जना कर्मचारीको कमजोरीका कारणले कसैले दुःख पाउने विषय कम विश्वसनियत रहेको बताए । ‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन । संघीयता, समावेशिता र लोकतन्त्र प्रतिको विश्वासमा चोट लागेको छ’, उनले भनिन् ।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए । तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको