Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई योगेशको चेतावनी - सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नगर्नुस्

अर्थ संसार

मंगलबार, २३ बैशाख २०८२, १४ : ३७ मा प्रकाशित

प्रचण्डलाई योगेशको चेतावनी - सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नगर्नुस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दलका नेतालाई सुझाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए ।

त्यसक्रममा प्रचण्डले व्यक्त गरेको विचारको आलोचना गर्दै एमालेका सचिव समेत रहेका सांसद भट्टराईले सिसाको घरमा बसेर ढुंगा हान्ने काम नगर्न भनेका हुन् ।

‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया । उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्,’ योगेशले भनेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको